About Us

परिचय

newspic/IMG_0058.jpg


जुनसुकै क्षेत्रको बिकासमा पनि आर्थिक पक्षको अहम भूमिका रहने हुनाले आर्थिक क्षेत्रको बिकासमा हरेक ब्यक्तिहरुको चासो बढी नै रहेको हुन्छ । आर्थिक सवलताको सवाल आज बिश्वब्यापी बनिरहेको छ । के कसरी आर्थिक समृद्घि हासिल गर्न सकिन्छ भन्ने बिषय सर्वत्र अनुसन्धान र चासोको बिषय भएको छ । नेपाल सरकारले पनि आर्थिक समृद्धिका लागि विभिन्न आयामहरु सृजना गर्ने क्रममा सरकारी, नीजि र सहकारी क्षेत्रको एकैसाथ विकास गरी तीन खम्बे नीतिमार्फत एकिकृत आर्थिक विकासको अवधारणलाई आत्मसात गरिरहेको छ । यसै सन्दर्भमा पोखरामा उपलब्ध बिभिन्न क्षेत्रसँग आबद्घ ब्यक्तिहरुको सक्रिय सहभागितामा एउटा सहकारी संस्थाको स्थापना गर्ने र भविष्यमा त्यसलाई बिभिन्न पक्षको प्रगतिको आधार बनाउने अभिप्रायका साथ आस्था बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको हो । यस संस्थाले सहकारीको अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात गर्दै आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउँदै जानेछ । हाल यस संस्थाको कार्यालय पर्यटकिय नगरि पोखराको वडा नं १ बगर (पी.एन. क्याम्पस गेट अगाडि) स्थापना गरिएको छ । यसले नेपाल सरकारको कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीमा बिधिवत् रुपमा दर्ता भई २०६८ साल बैशाख मसान्तबाट आफ्नो सेवा सुरुवात गरेको छ । हाल संस्थाको सुविधासम्पन्न कार्यालयबाट उच्च क्षमतावान र कार्यकुशलता भएका व्यवस्थापकको नेतृत्वमा रहेको टिमले संस्थाका सदस्यहरुलाई अधिकतम र उच्चस्तरिय सेवा–सुविधा प्रदान गर्दै आईरहेको छ

News & Events

प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्यलाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार

newspic/323541245_4270173583208270_1572837006729896490_n.jpg


कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आवद्ध सदस्य संस्था र व्यवस्थापकला Read more...

बाह्राैँ साधारण सभा असाेज ८ मा हुने

newspic/AGM Letter For Facebook Post-page-002.jpg


संस्थाकाे सञ्चालक समितिले बाह्राैँ साधारण सभा २०७९ असाेज ८ मा हुने सम्पुर् Read more...